काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक स्थगित भएको छ । संसद बैठक जारी भएकाले केन्द्रीय समिति बैठक स्थगित गरिएको पार्टी कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए ।

उनका अनुसार संसद बैठक जारी रहेकाले आज भर्चुअल रुपमा गर्ने भनिएको बैठक स्थगित गरिएको हो । उनले अर्को बैठक कहिले बस्ने टुंगो भइनसकेको बताए ।
शुक्रबार संसदमा अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेटमाथिको सैद्धान्तिक छलफलमा जवाफ दिएर सक्ने कार्यक्रम छ ।














