काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता तथा सांसद देवप्रसाद गुरुङले इन्धनको मूल्य बढ्नुको मुख्य कारण तीनवटा भएको बताएका छन् ।

प्रतिनिधि सभामा सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा भाग लिँदै नेता गुरुङल रूस–युक्रेन युद्ध, भारत आयल निगमको एकाधिकार र नेपाल आयल निगमभित्रको चुहावटले इन्धनको मूल्य बढेको बताएका हुन् ।
उनले अन्तर्राष्ट्रिय बजारमा अन्तरनिहित हुनु र भारतीय आयल निगमको एकाधिकारका कारण पनि नेपालले दुःख पाइरहेको बताए । उनले भने, ‘अन्तर्राष्ट्रिय बजारमा अन्तरनिहित हुनु, भारतीय आयल निगमको एकाधिकार र नेपाल आयल निगमको भ्रष्टाचार, अनियमितता र चुहावट हुनु मूल समस्या हुन्। राज्यको दायित्व रहेकाले निजी क्षेत्रलाई भित्र्याउनेभन्दा पनि राज्य जिम्मेवार बन्नुपर्छ ।’











