Logo
Logo

स्वास्थ्य बीमा कुनै कम्पनीलाई दिइएको छैन : अर्थमन्त्री


378
Shares

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले स्वास्थ्य बीमा कुनै निजी कम्पनीलाई नदिएको बताएका छन् । शुक्रबारको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री शर्माले बजेटमाथिको छलफलमा जवाफ दिँदै अर्थमन्त्री शर्माले उक्त कुरा बताएका हुन् ।

उनले भने, ‘स्वास्थ्य बीमा कुनै कम्पनीलाई दिइएको छैन, दिन खोजिएको पनि छैन । अहिले जहाँ छ, त्यहिँबाट परिचालन हुन्छ ।’ सबै क्षेत्रका विज्ञहरूको सल्लाह बमोजिम बजेट निर्माण गरेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्