
काठमाडौं । सरकारले स्वास्थ्य बिमा कार्यक्रमलाई निजी क्षेत्रलाई दिन खोजेको आरोप लागिरहेको बेला अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले उक्त आरोपको खण्डन गरेका छन् ।
प्रतिनिधिसभामा जारी बजेटमाथिको छलफलमा सहभागी सांसदहरुले गरेको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री शर्माले स्वास्थ्य बिमा कार्यक्रमलाई निजी कम्पनीलाई दिने हल्ला निराधार रहेको भन्दै खण्डन गरेका हुन् ।
स्वास्थ्य बिमा कार्यक्रमलाई थप व्यवस्थित गर्ने सरकारको योजना रहेको बताउँदै अर्थमन्त्री शर्माले भने– ‘स्वास्थ्य बीमा कुनै कम्पनीलाई दिइएको पनि छैन, दिन खोजिएको पनि छैन । अहिले जहाँ छ, त्यहिँबाट परिचालन हुन्छ ।’
जनतामाझ अति लोकप्रिय कार्यक्रमलाई सरकारले नै संचालन गर्नुपर्ने भन्दै सांसदहरुले स्वास्थ बिमा कार्यक्रम सरकारले नै संचालन गर्नुपर्ने धारणा राखेका छन् ।














