Logo
Logo

उद्योग क्षेत्रका मजदूरलाई तालिम दिन आवश्यक : मुख्यमन्त्री पाण्डे


567
Shares

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले उद्योग पाठशालाको स्थापना गर्न उद्योगीलाई आग्रह गरेका छन् ।

मुख्यमन्त्री पाण्डेले शुक्रबार नेपाल उद्योग वाणिज्य महासङ्घ बागमती प्रदेशको पाँचौँ प्रदेशसभालाई सम्बोधन गर्दै उनले औद्योगिक क्षेत्रका मजदूरलाई तालिम दिएर मात्र उद्योग क्षेत्रको विकासमा गति पैदा हुने विश्वास व्यक्त गरे ।

द्योग पाठशालाको स्थापना गर्न आग्रह गर्दै उनले भने, ‘उद्योग पाठशाला खोल्नु अहिलेको आवश्यकता हो । मजदूरका लागि आवश्यक तालिम सञ्चालन गरेर हामीले दक्ष कामदार उत्पादन गर्न जरुरी छ ।’

नीजि क्षेत्र र सरकार प्रतिस्पधी नभएको बताउँदै मुख्यमन्त्री पाण्डेले देशको अर्थतन्त्र बलियो बनाउन सहकार्य जरुरी रहेको बताए । उनले स्वदेशी उत्पादनको प्रवद्र्धन गर्न र कृषि क्षेत्रको उत्पादन बढाउन प्रदेश सरकारले आवश्यक सहयोग गर्न सदैव तयार रहेको बताउँदै चितवन उद्योग वाणिज्य सङ्घलाई उद्योग पाठशाला खोल्न रु १० लाख सहयोग गरिसकेको जानकारी दिए ।

मुख्यमन्त्री पाण्डेले सङ्घीय सरकार मातहत रहेका प्रदेश भित्रका चार वटा औद्योगिक क्षेत्रलाई प्रदेश मातहत ल्याउन जरुरी रहेको बताउँदै हेटौँडाको मयुधाप, चितवनमा शक्तिखोर र सिन्धुलीको मरिण नयाँ औद्योगिक क्षेत्र स्थापना गर्ने तयारी भइरहेको बताए । उनले आगामी आर्थिक वर्षका लागि बजेट बनाउने कार्य जारी रहेको र उक्त बजेटमा उद्योग क्षेत्रको समस्या समाधान गर्ने गरी बजेट ल्याउने बताए ।

यस्तै, प्रदेशसभामा नेपाल उद्योग वाणिज्य महासङ्घ नेपालका अध्यक्ष शेखर गोल्छाले साना तथा मझौला उद्योगको विकास गर्न सके मात्र देशको अर्थतन्त्रमा उल्लेख्यरुपमा सुधार आउने बताए । उनले वर्तमान अवस्थामा भइरहेको तरलता अभावको अन्त्यका लागि वृहत अध्ययन गर्नुपर्ने उल्लेख गर्दै प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटमा उद्योगी व्यवसायीको धेरै समस्यालाई समाधान गर्न प्रयास गरेको बताए ।

निर्यातलाई बढाउन उद्योगीलाई थप सुविधा दिने प्रकृतिको बजेट आएकाले यसले अर्थतन्त्रमा केही सुधार पनि हुने अवस्था देखिएको उनको भनाइ छ । अध्यक्ष गोल्छाले उद्योग क्षेत्र सरकारलाई कर तिर्न तयार रहेको बताउँदै निजी क्षेत्रसँगको सल्लाह र सहकार्य गर्न सरकारसँग आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्