Logo
Logo

रातो मछिन्द्रनाथको भोटो जात्रा आज देखाइँदै


315
Shares

काठमाडौं । रातो मच्छिन्द्रनाथको भोटो जात्रा आज देखाइँदैछ । ललितपुरको थटीटोलबाट रातो मच्छिन्द्रनाथको रथ तानेर जावलाखेल पुर्‍याइएको चौथो दिन आज भोटो जात्राको साइत जुरेको हो ।

पुल्चोकबाट तान्न शुरु गरिएको रातो मच्छिन्द्रनाथको रथ विभिन्न भाग परिक्रमा गरी थटिचोक लगनखेलबाट तानेर बिहीबार जावलाखेल पुर्‍याइएको थियो ।

भोटो जात्रा देखाउने समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीसहित विशिष्ट व्यक्तिहरू उपस्थित हुने कार्यक्रम छ । अपरान्ह ५ बजे राष्ट्रपति भण्डारीको उपस्थितिमा भोटो देखाउने तयारी गरिएको ललितपुरस्थित गुठी संस्थानले जनाएको छ ।

शनिबार बिहान बुंगमतीबाट मच्छिन्द्रनाथको भोटो जावलाखेल ल्याइनेछ । आज साँझ ५ बजे जावलाखेलमा रातो मच्छिन्द्रनाथको भोटो देखाइनेछ । भोटो देखाइसकेपछि पनि पुनः बुंगमतीमै भोटो पुर्‍याइने संस्थानले जनाएको छ ।

भोटो जात्राको अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा समेत दिएको छ । सहकाल र वर्षाका देवता मानिने रातो मच्छिन्द्रनाथलाई ललितपुरको बुङ्मतीमा राखिने परम्परा छ भने हरेक वर्ष यहाँ रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्राको आयोजना गरिन्छ । यसका लागि पाटनको जावलाखेलबाट रथ तानी बुङ्मती, जावलाखेलमा ल्याइन्छ । भोटो जात्रा सकिएपछि यो वर्षको रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न हुनेछ ।

प्रतिक्रिया दिनुहोस्