Logo
Logo

स्थानीयस्तरमै मोतियाबिन्दुको शल्यक्रिया


693
Shares

रसुवा । स्थानीयस्तरमै आँखाको उपचार सेवा निःशुल्क पाएपछि यहाँका स्थानीयवासी उत्साहित भएका छन् । कालिका गाउँपालिका–२ का वडाध्यक्ष उमेशबहादुर न्यौपानेका अनुसार निःशुल्क स्वास्थ्य शिविरको माध्यमबाट तिलगङ्गा आँखा केन्द्र काठमाडौँ, सामुदायिक आँखा केन्द्र एवं रेडक्रस रसुवाले दक्षिणी रसुवाको कालिका स्थानमा मोतियाबिन्दुको शल्यक्रिया गरी ग्रामीण बासिन्दालाई सेवा दिएपश्चात् स्थानीयस्तरमा उत्साह बढेको हो ।

निःशुल्क स्वास्थ्य शिविरमार्फत आँखामा मोतियाबिन्दु भएका ५८ स्थानीय बासिन्दालाई सफलतापूर्वक शल्यक्रिया सम्पन्न गरिएको रेडक्रसका सभापति बाबुलाल तामाङले बताए । साथै थप एक जनालाई आँखामा मासु पलाएको समस्यासमेत शल्यक्रियाबाट समस्या समाधान गरिएको थियो ।

शल्यक्रिया सम्पन्न गराउन कालिका गाउँपालिका–२ तथा कालिका युवा क्लबसमेतका संस्थाले सहयोग गरेका थिए । आँखाको शल्यक्रिया गर्न लाखौं बोकेर काठमाडौँ जानुपर्ने समस्या हल गर्दै स्थानीयस्तरमा भएको निःशुल्क स्वास्थ्य शिविरको व्यवस्थापनमार्फत आँखाको शल्यक्रिया गर्ने सुविधा पाउँदा सेवाग्राही हर्षित भएको शल्यक्रिया गराएका स्थानीय कालिका गाउँपालिका–२ निवासी कुलप्रसाद घिमिरेले बताए । उनका अनुसार आँखाको उपचार राम्रो भएको छ । शल्यक्रियाको सुविधा रसुवाका पाँच गाउँपालिकाका बासिन्दाले पाएको जनाइएको छ ।

वडाध्यक्षले गरे सहयोग
यस्तै टाढाटाढाबाट अध्ययनको लागि कालिका मावि कालिकास्थानमा आवतजावत गराउने स्कुल बसलाई नवनिर्वाचित वडाध्यक्ष उमेशबहादुर न्यौपानेले आफ्नोतर्फबाट डिजेल उपलब्ध गराएको विद्यालयले जनाएको छ । बजेटको अभावमा थन्किए बसेको स्कुल बसलाई अध्यक्ष न्यौपानेले गरेको डिजेल सहयोग जनहितकारी बन्दै गएको हो ।

अध्यक्षले गरेको डिजेल सहयोगबाट स्कुल बस सञ्चालन हुँदा विद्यार्थी निर्धारित समयमै आवतजावत गराउन सहजता भइसकेको जनाइएको छ । वडाध्यक्ष न्यौपानेले भने, “राम्चेदेखि धारापानी गाउँसम्मका विद्यार्थीको पठनपाठनमा सहज पार्न केही दिन अगाडिदेखि दैनिक २० लिटर डिजेल उपलब्ध गराउँदै आएको छु”, उनले भने, नवनिर्वाचित अध्यक्ष न्यौपानेले जिवजिवे–धोबीखोला झोलुङ्गे पुल संरक्षणका लागि अध्ययन सुरू गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्