Logo
Logo

प्रचण्डलाई भेट्न बालेन विहानै खुमलटारमा


1.4k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेट गरेका छन् ।

अध्यक्ष प्रचण्डलाई भेट्न बालेन शनिबार विहानै खुमलटारस्थित प्रचण्ड निवास पुगेका थिए । सो भेटमा प्रचण्डले बालेनलाई बधाई दिएका छन् ।

हिजो माओवादीको जस्तै एजेण्डा बोकेर चुनाव जितेको भन्दै उनले बालेनको प्रशंसा पनि गरेका थिए । प्रचण्डले बालेनलाई देश र जनतालाई सर्वोपरी ठानेर काम गर्न आग्रह समेत गरेका छन् ।

बालेनले पनि राजनीति कता लैजाने भन्ने विषयमा मूख्य भूमिकामा प्रचण्ड नै रहेको भन्दै प्रशंसा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्