Logo
Logo

माओवादी पूर्वस्थायी कमिटी सदस्यको बैठक स्थगित


1.2k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका पूर्वस्थायी कमिटी सदस्यको बैठक स्थगित भएको छ । शनिबार दिउँसो ३ बजेका लागि बोलाइएको बैठक भोलि बिहान (आइतबार)सम्मका लागि सरेको हो ।

केही सदस्य उपस्थित हुन नसक्ने भएपछि बैठक सारिएको पूर्वस्थायी कमिटी सदस्य हरिबोल गजुरेलले बताए । उनका अनुसार आइतबार बिहान ८ बजेसम्मका लागि बैठक सरेको हो । बैठक आइतबार बिहान बस्नेछ ।

स्थानीय निर्वाचनपछिको समीक्षा र जनप्रतिनिधिबाट आएका प्रतिक्रियाका बारे बैठकमा छलफल हुने बताइएको छ ।

यसअघि बोलाइएको केन्द्रीय समिति बैठक स्थगित गरिएको थियो । शुक्ररबा साँझ भर्चुअल रुपमा बस्ने भनिएको बैठक अन्तिम समयमा स्थगित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्