Logo
Logo

रानीको ‘धेरै प्रश्न’ (भिडियोमा हेर्नुस्)



काठमाडौं । पछिल्लो समय चर्चा बटेल्दै गरेकी गायिका रानी शाक्यले ‘धेरै प्रश्न’ बोलको गीत सार्वजनिक गरेकी छन् ।
गीतकार राजेश शाक्यको शब्दरचना रहेको गीतमा कल्याण सिंहले संगीत गरेका छन् । दीपेन्द्र लामाले निर्देशन गरेका भिडियोमा पुष्प खड्का, मोडल सलिना खत्री र कलाकार कृष्ण सिवाकोटीलाई देख्न सकिन्छ ।

भिडियोमा दीपेन्द्रकै कथा, कृष्ण भण्डारीको सम्पादन, बुद्ध थापाको छायांकन, निर्मला खत्रीको कोरियोग्राफी छ । रसरंग मिडियाको प्रस्तुति रहेको गीतको भिडियोलाई गायिका शाक्यकै अफिसियल युट्युब च्यानलमा अपलोड गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्