
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को केन्द्रीय कार्यालयको विस्तारित बैठक बसिरहेको छ । बैठक प्रचण्डको निवास खुमलटारमा केहीबेर अघिबाट सुरु भएको हो ।
प्रचण्डका स्वकीय सचिव रमेश मल्लका अनुसार स्थानीय निर्वाचन, बजेट लगायत समसामयिक विषयमा बैठकमा छलफल हुनेछ ।
बजेट कार्यान्वयन, सरकारका काम, आगामी निर्वाचनको पूर्वतयारी लगायतका विषयमा पनि छलफल हुन सक्ने छ । यसअघि बोलाइएको केन्द्रीय समितिको बैठक भने माओवादीले स्थगित गरेको छ ।











