Logo
Logo

रोहिनी बस दुर्घटनाका ५ जना मृतकको सनाखत


1.9k
Shares

काठमाडौं । रुपन्देहीको रोहिणी खोलाको पुलबाट बस खस्दा मृत्यु भएका ९ जना मध्ये ५ जनाको सनाखत भएको छ । अन्य चार जनाको परिचय खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

भैरहवास्थित युनिभर्सल शिक्षण अस्पतालमा उपचारका लागि पुऱ्याइएका २० जना घाइतेमध्ये ५ जनाको मृत्यु भएकोमा ३ जनाको सनाखत भएको हो । त्यस्तै, भीम अस्पतालमा मृत्यु भएका २ जनाको सनाखत भएको छ ।

मृत्यु हुनेमा बुटवल योगीकुटीका ५६ वर्षीय विष्णु पौडेल, रौतहट जिल्लाका २० वर्षीय दिनेश दास र बुटवल ११ कालिकानगरका कृष्णप्रसाद बस्याल र रुपन्देहीको ओमसतिया–४ मटेरियाका राजेन्द्रप्रसाद पाण्डे रहेको
रुपन्देही डिएपी नवरत्न पौडेलले बताए ।

दुर्घटनामा भारतीय नागरिक ४० वर्षीय अरविन्द शर्माको पनि मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । जनकपुरबाट भैरहवा आउँदै गरेको लु २ ख ३८४१ नम्बरको बस भैरहवा–परसी हुलाकी सडक खण्डमा स्थित पुलबाट खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्