Logo
Logo

बम्जनलाई पक्राउ नगरेको भन्दै सांसद कोमल वलीको आपत्ति



काठमाडौं । राष्ट्रियसभाको बैठकमा सांसद कोमल वलीले तपस्वी भनिने रामबहादुर बम्जनले महिलामाथि हिंसा गरेको सार्वजनिक हुँदा समेत पक्राउ नगरेकोमा आपत्ति प्रकट गरेकी छन् ।
बुधबारको बैठकमा सांसद वलीले सानो बुद्ध भनेर बसेका तपस्वी बम्जनले महिलामाथि हिंसा गरेको र महिला बेपत्ता पारेका भनी पीडित पक्ष स्वयम् आउँदासमेत पक्राउ नपरेकोमा सरकारको ध्यानाकर्षण गराएकी छन् ।
उनले सञ्चारमाध्यममा करीब एक हप्ताभन्दा अगाडिदेखि नै सो घटना सार्वजनिक भएको हुँदा पनि त्यसबारेमा अहिलेसम्म अनुसन्धान गरी पक्राउ नहुनुप्रति उनले आपति प्रकट गरिन् । महिलामाथि हिंसा गरेको समाचार आइरहँदा समेत सरकारले चासो नदेखाएको भन्दै उनले आपति जनाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्