Logo
Logo

गगन थापालाई करोडौं बुझाएर उपकुलपति भएका रौनियार अख्तियारको हिरासतमा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २६ असार ।

धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रष्तिष्ठानका उपकुलपति प्रा.डा. राजकुमार (आरके) रौनियारलाई अख्तियारको हिरासतमा राखिएको छ । उनी बिहीबार आठ लाख रुपैयाँ घुससहित पक्राउ परेका हुन् ।


अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई कार्यकक्षबाटै बिहीबार पक्राउ गरेको हो । प्रतिष्ठानको भवन निर्माणको भुक्तानीका लागि उनले ठेकेदारसँग घुस लिएका हुन् । घुस लिएर रौनियारले भतिज डा. रामहरि रौनियारलाई राख्न दिएका थिए । प्रतिष्ठानमै एमडी पढ्ने रामहरिको कोठाबाट घुस रकम बरामद भएको अख्तियार प्रवक्ता प्रदीप कोइरालाले बताए ।

डा. रौनियार तीन वर्षअघि प्रतिष्ठानमा नियुक्त भएका हुन् । नियुक्तिपछि विभिन्न खरिदमा करोडौँ भ्रष्टाचार गरेको भन्दै उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो । गगन थापा स्वास्थ्य मन्त्री हुँदा उनी नियुक्त भएका थिए । करिब ६ करोड बुझाएर उनी नियुक्ति भएको चर्चा स्वास्थ्य मन्त्रालयमा थियो ।
अख्तियारले अनुसन्धान गरिरहेकै वेला उनी रंगेहात पक्राउ परेका हुन् । पैसा खर्च गरेर उपकुलपति नियुक्ति हुने नेतृत्वका कारण प्रतिष्ठानभित्र सधैँ चलखेल हुने गरेको प्रतिष्ठानकै कर्मचारीहरू बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्