
काठमाडौं । सोमबार प्रदेश–१, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा मधेस प्रदेशका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले प्रदेश–१, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा वर्षा भइरहेको छ । बाँकी भूभागहरूमा आंशिक बदली छ ।
विभागका अनुसार नेपालको पूर्वी भूभागमा मनसुनी वायुको सामान्य प्रभाव छ। पश्चिमी भूभागमा स्थानीय वायुको प्रभाव छ।
सोमबार राति प्रदेश–१, मधेश, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली तथा बाँकी भूभागमा आंशिक बदली रहनेछ ।
यस्तै ,प्रदेश–१, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थान र बाँकी प्रदेशहरूका पहाडी भूभागका एक÷दुई स्थानहरूमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।














