Logo
Logo

संसद् बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची


3.9k
Shares

काठमाडौं । प्रतिनिधि सभाको बैठक सोमबार (आज) बस्दै छ । संसद्को ११औं अधिवेशन अन्तर्गत १६औं बैठक नयाँ बानेश्वरस्थित संसद् भवनमा बिहान ११ बजे बस्ने संसद् सचिवालयले जनाएको छ ।

संसद् सचिवालयका अनुसार आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्नेछन् ।

यस्तै, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा ९कोइराला०ले ुफौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक, २०७९ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची ।

संसद्का महासचिव भरतराज गौतमका अनुसार विनियोजन विधेयकमाथिको छलफल सुरु गर्ने सम्भावित कार्यसूची छ । विनियोजन विधेयक, २०७९ अन्तर्गत कानुन, युवा तथा खेलकुद, श्रम, वन, सहरी विकास, भूमि र महिला तथा बालबालिका गरी ६ वटा मन्त्रालयका विभिन्न शीर्षकहरूमाथि छलफल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्