Logo
Logo

मेसीले पाँच गोल गरेपछि अर्जेन्टिनाको फराकिलो जित


2.3k
Shares

काठमाडौं । अर्जेन्टिनाले एस्टोनियालाई फराकिलो अन्तरमा हराएको छ । गएराति एस्टोनियासँगको मैत्रीपूर्ण खेलमा लियोनल मेसीले एक्लैले पाँच गोल गरेपछि अर्जेन्टिनाले ५-० को फराकिलो जित निकालेको हो ।

खेलको ८ औं मिनेटमा पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै टोलीलाई अग्रता दिलाएका मेसीले ४५ औं मिनेटमा दोस्रो गोल गर्दै पहिलो हाफमा २-० को अग्रता दिलाए ।

दोस्रो हाफको सुरूमै ह्याट्रिक पुरा गरेका मेसीले ७१ औं मिनेटमा चौथो र ७६ औं मिनेटमा पाँचौ गोल गर्दै टोलीलाई फराकिलो जित दिलाए । मेसीले राष्ट्रिय टोलीबाट एउटै खेलमा पाँच गोल गरेको यो पहिलो पटक हो ।

कोपा अमेरिका च्याम्पियन अर्जेन्टिनाले यसअघि युरो कप च्याम्पियन इटालीलाई ३-० ले हराउँदै फाइनलिसीमाको उपाधि जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्