बर्दिया । बर्दियाको मधुवन नगरपालिकामा वन्यजन्तु पीडित प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा एक महिलाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय राजापुरका डीएसपी सूर्य सुवेदीका अनुसार प्रदर्शन गर्ने क्रममा एक स्थानीय महिलाको मृत्यु भएको हो ।

प्रर्दशनमा थुप्रै घाइते भएका छन् । प्रहरीले दर्जनौं सेल अश्रुग्यास प्रहार गरेको छ । अहिले पनि मधुवानको ओराली बजारमा प्रर्दशन भइरहेको छ ।
निरन्तर बाघको आक्रमण बढेपछि सरकार वन्यजन्तु पीडितप्रति उदासिन भएको भन्दै मधुवन–२ चमेलीका स्थानीय आन्दोलित भएका हुन् । उनीहरुले गरेको चक्काजामका कारण गुलरिया–राजापुर सडकखण्ड बन्द भएको छ ।











