Logo
Logo

एक लाख घुससहित चार प्रहरी रेस्टुरेन्टबाट पक्राउ


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २७ असार ।
चार प्रहरी घुुससहित रेस्टुरेन्टबाट  परेका छन् ।
महानगरीय ट्राफिक प्रहरी वृत नयाँ बसपार्क, गंगबुका प्रहरी जवान देबेन्द्र बलायर, प्रहरी जवान अकाश खनाल र प्रहरी जवान निरज भन्डारी तथा नेपाल प्रहरी, २ नम्बर. गण महराजगञ्जका प्रहरी जवान हिटलर साउद घुससहित पक्राउ परेका हुन् ।


अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टङ्गालबाट खटिई गएको टोलीले निज प्रहरी जवान देबेन्द्र बलायर, प्रहरी जवान अकाश खनाल, प्रहरी जवान निरज भन्डारी र प्रहरी जवान हिटलर साउदलाई सेवाग्राहीसँग एक लाख घुस लिएको अवस्थामा पक्राउ गरेको हो । दुर्घटनाको इन्सुरेन्ससम्बन्धि कागज बनाउने भन्दै उनीहरुले घुस लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्