Logo
Logo

संसदीय समितिले पारित गर्‍यो चिकित्सा शिक्षा विधेयक, विगतमा डा.केसीसँग भएको सहमति तोडियो



काठमाडौं ।

शिक्षा तथा स्वास्थ्य समितिले चिकित्सा शिक्षा विधेयकसम्बन्धी प्रतिवेदन बहुमतले पास गरेको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को बहुमतका आधारमा पास भएको प्रतिवेदनमा डा.गोविन्द केसीसँग भएको सहमति ताडिएको छ ।

आज विहान सिंहदरवार स्थित समितीको हलमा बसेको संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकले उक्त विधेयक बहुमतले पारित गरेको हो । विधेयकको पक्षमा सत्तारुढ दलका १४ जना सांसदले मत दिएका थिए भने विपक्षमा प्रतिपक्षका ४ जनाले मत दिएको समिति सभापति जयपुरी घर्तीले जानकारी दिइन् । विपक्षमा गगन थापा, उमाकान्त चौधरी, मान बहादुर विक र नमिता चौधरीले फरक मत राखेका थिए ।

कांग्रेसको असहमतिका बाबजुद बुधबारको समितिको बैठकले विधेयक पारित गरेको हो । विधेयक पारित भएसँगै डा। गोविन्द केसीसँग सरकारले गरेको सम्झौताको उल्लंघन भएको छ । नयाँ विधेयक अनुसार उपत्यका बाहिर मिडिकल कलेज खुल्न पाउनेछन् ।

डा. केसी १६ औं सत्याग्रहका लागि मंगलबार इलाम पुगिसकेका छन्। उनी केही दिनअघि सत्याग्रह थाल्न इलाम पुगेका थिए। सरकारलाई थप समय दिँदै सत्याग्रह स्थगित गरेर उनी काठमाडौं फर्किएका थिए।

प्रतिक्रिया दिनुहोस्