
काठमाडाैं । मेचि राजमार्गस्थित पाँचथरको हिलिहाङ–७ सल्लेरीमा ट्याङ्कर र मोटरसाइकल जुध्दा १ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोटरसाइकल चालक सुनसरीको रामधुनी– ७ का २६ वर्षीय प्रेम घिसिङ छन् । घिसिङले चलाएको मोटरसाइकल र विपरित दिशाबाट आउँदै गरेको ट्याङ्कर बुधबार ठोकिएका थिए ।
दुर्घटनामा गम्भीर घाइते घिसिङको उपचारका क्रममा मृत्यु भएको पाँचथरका डीएसपी राकेश थापाले जानकारी दिए ।
हो । दुर्घटनामा परी घिसिङकी श्रीमती कञ्चन मगर गम्भीर घाइते भएकी छन् ।
उनको पनि बिएण्डसीमै आइसीयूमा राखेर उपचार भइरहेको छ ।











