Logo
Logo

बाढी पहिरोमा मृत्यु हुनेको संख्या ४८ पुग्यो


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २९ असार ।
अविरल वर्षापछिको बाढीपहिरोमा परी देशभर ज्यान गुमाउनेको संख्या ४८ पुगेको छ। त्यस्तै ३५ जना बेपत्ता छन् ।
नेपाल प्रहरी प्रधान कार्यालयको तथ्यांकअुनसार काठमाडौं उपत्यका (काठमाडौं, ललितपुर र भक्तपुर) मा ८, प्रदेश १ मा १७ प्रदेश २ मा ७, प्रदेश ३ मा १२, प्रदेश ५ मा २ र प्रदेश ६ मा २ जनाको ज्यान गएको हो।

यसैगरी सोही प्रकोपमा परी ३५ जना बेपत्ता भएको प्रहरीले जनाएको छ।
बेपत्ता हुनेहरूमा काठमाडौं उपत्यकामा २, प्रदेश १ मा १०, प्रदेश २ मा ५, प्रदेश ३ मा ७ र प्रदेश ६ मा ११ जना छन्।

प्रतिक्रिया दिनुहोस्