Logo
Logo

कलाकारलाई विमानस्थलको विशिष्ट कक्ष प्रयोग गर्न दिन गृहलाई पत्र


3.2k
Shares

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कलाकारलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट र अति विशिष्ट कक्ष प्रयोग गर्न अनुमति दिन गृह मन्त्रालयलाई पत्राचार गरेको छ ।

यस सम्बन्धमा पहल गर्न अभिनेता शिव श्रेष्ठ पर्यटनमन्त्री प्रेम आलेलाई भेट्न सिंहदरबार पुगेका थिए । गृहमा पत्राचार गर्नुअघि मन्त्री आले र अभिनेता श्रेष्ठबीच छलफल भएको थियो ।

सरकारबाट विशिष्ट श्रेणीको परिचयपत्र प्राप्त चलचित्रकर्मीलाई ‘फिल्म इम्पोर्टेन्ट पर्सन’को रुपमा विदेश प्रस्थान गर्दा र फर्किंदा विमानस्थलको अति विशिष्ट वा विशिष्ट कक्षको प्रयोग गरी आवतजावत गर्न दिन भन्दै पर्यटनले गृहलाई पत्राचार गरेको हो ।

२०६६ चैत १ गते दुई दर्जन फिल्मकर्मीले सरकारबाट विशिष्ट श्रेणीको चलचित्रकर्मीको मान्यता पाएका थिए । चलचित्र विकास बोर्डले कलाकारलाई यस्तो सुविधा दिन माग गर्दै आर्थिक वर्ष २०७७/०७८ मा पत्रमार्फत माग राखेको थियो ।

प्रतिक्रिया दिनुहोस्