काठमाडौं । नेपाली कांग्रेसकी सांसद पुष्पा भुसाल गौतमले नेपालको पानी नीति परिवर्तन गर्न जरुरी रहेको बताएका छन् ।
बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद भुसालले २१औं शताब्दीको लडाइँ पानी प्राप्तिका लागि हुने बताउँदै अब नेपालको पानी नीति परिवर्तन हुन जरुरी रहेको बताएकी हुन् ।

उनले भनिन्, ‘नेपाल जहाँ लगभग ५२ प्रतिशत जनतामात्रै धाराबाट पानी खान पाउँछन् । अरु जनसंख्याले कुवा, इनार ट्युबवेलबाट मात्रै पानी प्राप्त गर्ने प्रावधान रहेको छ । त्यही भएर नेपालको पानी नीति परिवर्तन हुन जरुरी छ ।’ खानेपानीलाई उद्योगको रुपमा विकास गर्नुपर्ने उनको भनाइ छ ।
उनले पहिलो प्राथमिकता जनतालाई खानेपानीको आपूर्ति रहेको र त्यसपछि कृषि, उद्योगलगायतका काममा प्रयोग गर्नुपर्ने बताइन् ।














