Logo
Logo

राजदूत प्याकुरेलको राजिनामा, भन्छन् ‘कुकुर बिरालो जतिको पनि मतलब गरिएन’


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २९ असार ।
श्रीलंकाका लागि नेपाली राजदूत प्रा. डा विश्वम्भर प्याकुरेलले राजिनामा दिएका छन् । उनको राजिनामा परराष्ट्र मन्त्रालयले स्वीकृत गरेको छ ।


परराष्ट्र मन्त्रालयले आफूलाई कुकुर बिरालो जतिको पनि मतलब नगरेपछि आत्मग्लानी भएर राजिनामा दिएको उनले बताएका छन् । परराष्ट्र मन्त्रालयका अधिकारीले आफ्नो फोन पनि नउठाउने र इमेलको जवाफ समेत नदिने गरेको उनले बताए । परराष्ट्र मन्त्री आफैंले फोन गरेर बेला बेलामा चासो व्यक्त गर्ने भएपनि परराष्ट्रको प्रशासनिकय नेतृत्वका कारण आफूले राजिनामा दिएको उनले बताए । उनी भन्छन्‘‘परराष्ट्र मन्त्रालयमा न फोन उठ्छ, न इमेलको जवाफ पाइन्छ । यस्तो अवस्थामा ट्याक्स पेयरको पैसा खाएर अनि मर्सि्डिज चढेर के बस्नु ?’’
राजदूतका रुपमा आफूले धेरै काम गरेपछि परराष्ट्रबाट चरम अपहेलनामा परेको उनको गुनासो छ । दुई सातापछि नेपाल फर्कने र प्राध्यापन लगायत काममै लाग्ने उनको भनाई छ । नेपाली कांग्रेसले उनलाई श्रीलंकाकाको राजदूतमा नियुक्त गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्