
काठमाडौं । असारमा निक्षेपको ब्याजदर नबढ्ने भएको छ । नेपाल बैंकर्स संघको बैठकले ४ महिनादेखिको पुरानै ब्याज दरलाई निरन्तरता दिने निर्णय गरेको हो ।
‘आर्थिक बर्षको अन्तिम महिना पनि भएकाले पुरानैलाई निरन्तरता दिने कुरा भएको हो,’ संघका १ सदस्यले भने, ‘अर्कातिर मौद्रिक नीति पनि आउँदैछ । मौद्रिक नीति आएपछि आवश्यक निर्णय गर्ने भनेर पनि यसपाली नचलाउने कुरा भयो ।’
वाणिज्य बैंकले साधारण मुद्दतिमा ११.०३ प्रतिशत ब्याज दिँदै आएका छन् । संस्थापकलाई १०.०३ र रेमिटेन्सलाई १२.०३ प्रतिशत ब्याज दिँदै आएका छन् । निक्षेपको ब्याज नबढेपनि ऋणको भने बृद्धि हुन्छ ।
नयाँ निक्षेप र नवीकरण हुने निक्षेप पोहोरभन्दा महँगोमा उठाउनु पर्ने भएकाले आधार दर बढेर ऋणको ब्याज भने बृद्धि हुने संघले जनाएको छ ।












