
काठमाडौं । विभिन्न १९ बुँदे मागसहित आन्दोलनरत पुँजी बजार लगानीकर्ताले सोमबार काठमाडौंको माइतिघरदेखि बानेश्वरसम्म मार्चपास गर्ने गर्दै छन् ।
साथै ७७ वटै जिल्लाका प्रशासन कार्यालय अगाडिसमेत प्रदर्शन गर्ने कार्यक्रम छ । पूँजी बजार सुधार समितिको आयोजनामा चलिरहेको आन्दोलनमा अधिकांश लगानीकर्ता सम्बद्ध संघ संगठनको समेत सहभागिता भइरहेको छ ।
तिलक कोइराला नेतृत्वको पूँजी बजार सुधार समितिले नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष रमेशकुमार हमाललाई १९ बुँदे माग समेटिएको ज्ञापनपत्र बुझाइसकेको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) घेराउका क्रममान प्रहरीले लगानीकर्तालाई पक्राउ गरेको थियो ।












