जनकपुरधाम । आज सातै प्रदेशले बजेट ल्याउँदैछन् । यस्तै, मधेस सरकारले आर्थिक वर्ष २०७९/०८० को बजेट ल्याउँदै छ ।
जेट प्रस्तुत गर्न आज बुधबार दिउँसो ४ बजे प्रदेशसभा बैठक बोलाइएको छ । प्रदेशसभामा अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले बजेट प्रस्तुत गर्नेछन् ।

मधेस प्रदेश सरकारले यसवर्ष करिब ४२ अर्बको हाराहारीमा बजेट ल्याउने तयारी गरेको छ । गतवर्ष ३८ अर्वको बजेट ल्याइएको थियो । बजेटमा कृषि, स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राखिएको अर्थमन्त्री साहले बताएका छन् ।
विगतका योजनाहरुलाई निरन्तरता दिँदै कक्षा १२ मा अध्ययनरत छात्रालाई ल्यापटप दिने र गरिबलाई पालिकाको सिफारिसमा सरकारी अस्पतालमा निःशुल्क उपचार सेवा प्रदान गरिनेलगायतका कार्यक्रम बजेटमा समेटिने भएको छ ।












