Logo
Logo

गुप्तचरमा प्रमुख फेरिदा प्रहरीमा धक्का




काठमाडौं, २५ पुस ।
राष्ट्रिय अनुसन्धान विभागमा २० वर्षे सेवाहट हटाएर नयाँ प्रमुख अनुसन्धान निर्देशक परिवर्तन गर्दा त्यसको असर अन्य सुरक्षा निकायमा पनि देखिएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीमा ३० वर्षे सेवाहद हटाउनेबारे छलफल सुरु भएको छ ।


गत सोमबार सरकारले गुप्तचरको नियमावली संशोधन गरी प्रमुखको पदावधि तीन वर्षृ बनाएर ३० वर्षे सेवाहद हटाएको थियो । नेपाल प्रहरी र सशस्त्र प्रहरीमा पनि लामो समयदेखि ३० वर्षे सेवाहद हटाउन लबिङ हुँदै आएको छ । प्रहरीलाई संघीय संरचनामा लगेसँगै ३० वर्षे हटाउनेबारे गृह मन्त्रालयको तयारी छ । त्यसकारण केही वर्षभित्रै प्रहरीमा पनि ३० वर्षे सेवाहद हट्ने निश्चित छ ।
उता गुप्तचरमा जस्तै रातारा आइजिपी फेरिने आशंका पनि नेपाल प्रहरी र सशस्त्र प्रहरीमा देखिएको छ । निर्मला पन्त प्रकरणको अनुसन्धानमा असफलताले प्रहरी नेतृत्वको चौतर्फी आलोचना हुँदै आएको छ । नेकपा निकट बिद्यार्थी संगठनका नेताहरुले त आइजिपी सर्वेन्द्र खनाललाई हटाउन गृहमन्त्रीलाई ज्ञापनपत्र नै बुझाएका थिए । नेकपाकै अन्य केही नेताहरु समेत आइजिपी खनालविरुद्ध लागेका छन् । तर, प्रधानमन्त्री केपी शर्मा ओली तत्काल आइजिपी हटाउने पक्षमा भने नरहेको बताइन्छ । तर, प्रहरी थप विवादमा परेमा भने नेपाल प्रहरीमा पनि आइजिपी हट्ने सम्भावना रहेको स्रोत बताउँछ ।

प्रतिक्रिया दिनुहोस्