Logo
Logo

ग्लोबल आईएमई बैंक र बीओके मर्जर हुँदै


1.3k
Shares

काठमाडौं । ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डू (बीओके) मर्जर हुने भएको छ । बिहीबार होटल याक एण्ड यतीमा भएको छलफलमा एक आपसमा गाभिन (मर्जर) सहमत भएका हुन् ।

मर्जर सम्बन्धी समझदारीपत्रमा ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र बैंक अफ काठमाण्डूका अध्यक्ष प्रकाश श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

दुबै बैंकबीच बराबरी हैसियतमा मर्जर सहमति भएको जनाइएको छ । मर्जरपछि बैंकको नाम ‘ग्लोबल आईएमई बीओके बैंक’ हुने भएको छ ।

नयाँ बैंकको प्रमुख कार्यकारीमा ग्लोबल आईएमईका रत्नराज बज्राचार्यले निरन्तरता पाउने सहमति भएको पनि जनाइएको छ । मर्जरसँगै बैंकको चुक्ता पुँजी ३४ अर्ब ४१ करोड रुपैयाँ पुग्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्