
काडमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले विकास र समृद्धिको यात्रा सहमति र सहकार्यबाट अगाडि बढ्नुपर्ने बताएका छन् ।
विहीबार पेरिसडाँडामा आयोजित रितबहादुर खड्का स्मृतिसभालाई सम्बोधन गर्दै उनले एक्लै अगाडि बढ्ने अंहकार सबैले छोड्नुपर्ने धारणा राखेका हुन् । परिवर्तनको लडाईंपछि अब समाजवाद निर्माणको लडाईं गर्न सहकार्य र एकता आवश्यक भएको उनको भनाइ छ ।
‘विकास र समृद्धिका लागि गठबन्धनलाई थप बलियो बनाएर लैजान्छौं,’ उनले भने, ‘शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्नका लागि यो गठबन्धन अझ बलियो पार्ने र विकास र समृद्धिको नयाँ यात्राका लागि पनि यसलाई अगाडि बढाउन जरुरी छ ।’
प्रचण्डले सहकार्य र एकता हावी हुने कि निषेधात्मक दम्भ र अंहकारी प्रवृत्ति हावी हुने लडाई चलिरहेको दाबी गरे ।











