Logo
Logo

भक्तपुरमा झुण्डिएको अवस्थामा महिलाको शव भेटियो


3.4k
Shares

भक्तपुर । भक्तपुरको चाँगुनारायणमा झुण्डिएको अवस्थामा एक महिलाको शव भेटिएको छ । चाँगुनारायण नगरपालिका–२ दुवाकोटकी ४५ वर्षीय कल्पना गुरुङ बिहीबार बिहान आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेकी हुन् ।

गुरुङ बिहान साढे ६ बजेतिर घरको तेस्रो तलाको बरण्डामा सलको पासोमा झुण्डिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ । मृतक गुरुङको शव पोष्टमार्टमका लागि दुवाकोटकै केएमसी अस्पतालमा पठाई घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्