
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अर्थमन्त्रीले व्यापारीसँग कमिसन खाएर बजेट बनाएको आरोप लगाएका छन् ।
विहीबार राष्ट्रिय सभा गृहमा आफ्नो पार्टीबाट जितेका पालिका प्रमुख उपप्रमुखलाई प्रशिक्षण दिने क्रममा ओलीले सेटिङमा बजेट बनाएको बताएका हुन् ।
‘रोष्टममा गएर रिबन खोलेर मात्र बजेट खोलिन्छ । प्रस्तुत गरिन्छ,’ ओलीले भने, ‘तर, यहाँ त बनाउँदै गर्दा नै व्यापारीका प्रतिनिधि राखेर बजेट बनाइन्छ । बनाउँनुभन्दा अघि कमिसन खाएर बजेट बनाइन्छ भने, के हालत भयो देशको ?’
एमालेका लागि अत्यन्तै प्रतिकुल अवस्थामा पनि निर्वाचन जितेकामा प्रमुख उपप्रमुखलाई ओलीले अध्यवाद दिए ।











