Logo
Logo

नेपाल एसपीपीमा सहभागी भएको छैन : गृहमन्त्री


441
Shares

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले नेपालले हालसम्म अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)मा सहभागी हुने भनेर निर्णय नगरेको बताएका छन् ।

बिहीबार प्रतिनिधि सभामा बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय र रक्षा मन्त्रालयको शीर्षकमा विनियोजित बजेटबारे उठेका जिज्ञासाको प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट जवाफ दिँदै गृहमन्त्री खाणले एसपीपीमा सहभागी हुने कुनै सोच नभएको समेत बताए ।

‘नेपाल सरकारले हालसम्म एसपीपी सहभागी हुने कुनै निर्णय गरिएको छैन । कुनै आवद्धता छैन,’ उनले भने, ‘यस सम्बन्धमा निर्णय गर्ने सोच पनि राखेको छैन। नेपालको भूमि कुनै पनि मित्रराष्ट्रविरुद्ध प्रयोग हुन दिँदैन ।’

नेपालको असंलग्न परराष्ट्रनीतिमा सरकार अडिक रहेको खाणले उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्