Logo
Logo

दुबई र कतारका बजारमा नेपालको कुरिलो



चितवन । चितवनमा उत्पादित कुरिलो विदेश निर्यात हुन थालेको छ ।

भरतपुर महानगरपालिका–२५ निवासी सुमन सुवेदीले दुबई र कतार पठाउन थालेका हुन् । सुवेदीले साताका २ पटक कुरिलो पठाउन थालेको बताए ।

१ पटकमा ५० किलो कुरिलो विदेश जाने गरेको छ । ६ वर्षदेखि कुरिलो उत्पादन गर्दै आएका सुवेदीले ३० जनालाई रोजगारीसमेत दिएका छन् । वार्षिक १५ हजार किलो कुरिलो बिक्री गरिरहेका छन् ।

यसबाट वार्षिक २० लाख रुपैयाँ आम्दानी गर्ने गरेको उनले सुनाए । ‘कुरिलो उत्पादनका लागि वैशाखदेखि भदौसम्मको समय उत्तम हो । सोही समयमा मूल्यमा गिरावट हुने गरेको छ,’ उनले भने, ‘बजारमा स्वस्थ प्रतिस्पर्धा नहुँदा समस्या छ ।’

हाल कुरिलोको मूल्य प्रतिकिलो ३ सय रुपैयाँ छ । सुवेदीले काँक्रो, फर्सी, घिरौला, चिचिन्डा, बोडी, लौकालगायतका तारकारी पनि उत्पादन गरिरशेका छन् ।

प्रतिक्रिया दिनुहोस्