Logo
Logo

२ सय रुपैयाँ बढ्यो सुनको मूल्य



काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला ९७ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुनको मूल्य ९७ हजार २ सय छ ।

त्यस्तै, आज चाँदी भने प्रतितोला १ हजार २ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्