Logo
Logo

उत्तम सञ्जेल तीन लाख धरौटीमा छुटे


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, २ साउन ।
समाजसेवदी उत्तम सञ्जेल तीन लाख रुपैयाँ धरौटीमा छुटेका हुन् । उनीमाथि आफ्नै कर्मचारीको हत्या गरेको मुद्दा चलेको थियो ।


जिल्ला अदालत काठमाडौंले उनलाई तीन लाख धरौटीमा छाड्ने आदेश दिएको हो । त्यस्तै उनकी पत्नी कला पनि तीन लाख धरौटीमा छुटेकी छिन् ।
समता अस्पतालमा सफाईको काम गर्ने बिमला तामाङ झुन्डिएको अवस्थामा भेटिएकी थिइन् । पोष्टमार्टममा झुन्डिएकै कारण मृत्यु भएको रिपोर्ट आएको थियो । यद्यपी दबाबको भरमा प्रहरीले सञ्जेल पत्नीलाई ज्यान मुद्दा चलाएको थियो । पर्याप्त प्रमाण नभएपछि उनीहरु धरौटीमा छुटेका हुन् ।

प्रतिक्रिया दिनुहोस्