Logo
Logo

नेकपाको युवा संगठनको नाम र झन्डामा सहमति


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २ साउन ।
सत्तारुढ नेपाल कम्युनिष्ट पाटी (नेकपा) को युवा भातृ संगठनको एकतामा नाम र झन्डाको विषयमा सहमति भएको छ ।
युवा भातृ संगठनको नाम राष्ट्रिय युवा संघ नेपाल रहने भएको छ । तत्कालिन नेकपा एमालेको युवा संघले प्रयोग गर्दै आएको झन्डालाई मान्यता दिएको छ।


संगठनमा गत जेठ २६ गते मात्रै संयोजक र सह संयोजक चयन गरिएको थियो। माओवादी निकट योंग कम्युनिष्ट लिग (वाईसिएल) का अध्यक्ष रामप्रसाद सापकोटा दिपशिखलाई संयोजक चयन गरिएको थियो भने एमाले निकट युवा संघका अध्यक्ष रमेश पौडेललाई सह संयोजकको जिम्मेवारी दिएर एकता गरिएको थियो । तर, नाम र झन्डामा भने सहमति भइसकेको थिएन । मंगलवार बसेको शिर्ष नेताको बैठकले राष्ट्रिय युवा संघ नेपाल नाम राखने सहमति भएको एक नेताले बताए ।
रायुसंघ नेपालको केन्द्रीय कार्यालय भने पेरिसडाँडामा रहनेछ। नामाकरण बिबाद टुंगिएसँगै २ सय ५१ सदस्सीय केन्द्रीय कमिटि चयन प्रक्रिया अघि बढेको छ ।

प्रतिक्रिया दिनुहोस्