Logo
Logo

कांग्रेसका पूर्व मन्त्रीसँग ६१ करोड ‘कालो धन’


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २ साउन ।
पूर्व संचारमन्त्री समेत रहेका कांग्रेस नेता मोहनकुमार बस्नेत करोडौं कालोधन फेला परेको छ । उनीसँग ६१ करोड रुपैयाँ स्रोत नखुलेको सम्पति फेला परेपछि अनुसन्धान सुरु भएको छ ।
सम्पति शुद्धिकरण अनुसन्धान विभागले उनीमाथि छानबिन थालेको हो । महाबौद्धस्थित प्रणामी बचत तथा ऋण सहकारी संस्थामा पूर्वमन्त्री बस्नेतको नाममा ठूलो रकम निक्षेप राखेको भेटिएको हो । उनको ६१ करोड बचत विभागले रोक्का गरेको छ ।


उनको अन्य सम्पतिको पनि स्रोत खुलेको छ । सिन्धुपाल्चोकका नेता बस्नेतको तातोपानीबाट तस्करी गर्ने गिरोहसँग समाप्यिता थियो । त्यस्तै करोडौं ठगी गर्ने एनबी समूहका पनि उनी विश्वासपात्र हुन् । सोही समूहको लगानी रहेको नेशनल हाइड्राृ तथा एनसिसी बैंकमा समेत उनको लगानी रहेको छ । सञ्चारमन्त्री हुँदा समेत उनले करोडौं कमाएका थिए । चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्तिमा मात्र उनले सवा करोड लिएको चर्चा थियो ।
आफूमाथि अनुसन्धान सुरु भएपछि नेता बस्नेत नेकपाका नेताहरुलाई भेटेर हारगुहार गर्न थालेका छन् ।

विभागको महानिर्देशकमा रुप नारायण भट्टराईको सरुवा भएपछि सम्पति शुद्धिकरण सम्पति अनुसन्धान अघि बढेका छन् ।

प्रतिक्रिया दिनुहोस्