Logo
Logo

डा. केसी पुन अनशन बस्दै | भन्छन्, ‘अब ओली र प्रचण्डविरुद्ध लड्छु’



काठमाडौं, २५ पुस । डा. गोविन्द केसीले पुनः अनशन सुरु गर्दैछन् । सरकारले आफूसँगको सहमति तोडेको भन्दै उनी अनशनमा बस्न लागेका हुन् । आजै अपराह्न ४ बजेपछि अनसन बस्न लागेका डा. केसीले सहमति तोडेर प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई धोका दिएको आरोप समेत लगाए ।
पछिल्लो समय पश्चिम नेपालमा पुगेर अनशन बसेका डा. केसी यसपटक सुदुर पुर्वको इलाम छन् । उनी इलाममै अनशन बस्ने भएका हुन् । बुधबार बिहानै अनसन बस्ने भनेपनि संसदको शिक्षा तथा स्वास्थ्य समितिको निर्णय पर्खिएका थिए । समितिले नेकपाको बहुमतको आधारमा डा. केसीसँग भएको सहमति विपरीत चिकित्सा शिक्षा विधेयकसम्बन्धी प्रतिवेदन पारित गरेको छ । यससँगै आक्रोशित बनेका डा. केसी १६औँ पटक अनशन बस्न लागेका हुन् ।
प्रधानमन्त्रीकै कारण आफ्नो १५औँं अनशनका क्रममा सहमति विपरीत ऐन बनाउन खोजिएको भन्दै उनले अब ओली र प्रचण्डविरुद्ध लड्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्