Logo
Logo

‘जबज र आमसञ्चारलाई एकाकार गरेर लैजानुपर्छ’


2.6k
Shares

काठमाडौं । जननेता मदन भण्डारीद्वारा प्रतिपादित जनताको बहुदलिय जनवाद ‘जबज’लाई सैद्धान्तिक वैचारिक रुपमा आमसञ्चारसँग एकाकार गरेर लैजानुपर्ने एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् ।

जननेता भण्डारीको भूमिगत नामबाट स्थापित ‘रेडियो श्वेत शार्दूल’ले आयोजना गरेको ‘आमसञ्चार, सामाजिक उत्तरदायित्व र जबजको दृष्टिकोण’ विषयक अन्तरक्रियामा सहभागीले ‘जबज’लाई सैद्धान्तिक वैचारिक रुपमा आमसञ्चारसँग एकाकार गरेर लैजानुपर्ने बताएका हुन् ।

जननेता भण्डारीको ७१औँ जन्म जयन्तीको अवसरमा आयोजित कार्यक्रममा बोल्दै त्रिभुवन विश्वविद्यालयका सह–प्राध्यापक डा. कुन्दन अर्यालले सिद्धान्त र आमसञ्चार माध्यमबिचको अन्तरसम्बन्धलाई केलाउन मार्क्सवादी दृष्टिकोणबाट आमसञ्चारको सैद्धान्तिक अध्ययन गर्न आश्यक रहेको बताए ।

कार्यक्रममा कार्यपत्रसमेत प्रस्तुत गरेका अर्यालले नेपालको कम्युनिष्ट आन्दोलनलाई नयाँ आयाम दिएको ‘जबज’लाई आमसञ्चारसँग एकाकार गर्दै व्यवहारमा प्रयोगका लागि उत्प्रेरणा जगाउनुपर्ने बताए ।

कार्यक्रममा सहभागी नेकपा एमालेका स्थायी कमिटी सदस्य डा. बिन्दा पाण्डेले सामाजिक घटनाको मात्र समाचार बनाएर नपुग्ने भन्दै विचार र सिद्धान्तसँग पनि आमसञ्चार जानकार हुनुपर्ने धारणा राखे ।

जबजले अभिव्यक्ति स्वतन्त्रता र आमसञ्चारलाई बोकेको बताउँदै डा. पाण्डेले विचार र सिद्धान्तलाई आधार बनाएर आमसञ्चारले भूमिका खेल्न सके राजनीतिले सही दिशा समात्न सक्ने धारणा राखेका छन् ।

कार्यक्रमका संयोजक एवम् मदन भण्डारी फाउण्डेसनका केन्द्रीय सदस्य अमरध्वज लामाले रेडियो श्वेत शार्दूलले हरेक महिना आमसञ्चारका विभिन्न विषयमा प्राज्ञिक बहस गर्दै आएको बताए ।

विश्व कक्युनिष्ट आन्दोलन रक्षात्मक पंक्तिमा पुगेको बेला मदन भण्डारीले ‘जबज’मार्फत नेपाली कम्युनिष्ट आन्दोलनदाई नयाँ दिशाबोध गरेको बताउँदै लामाले ‘जबज’लाई थप प्राज्ञिक बहसको विषय बनाउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा मदन भण्डारी फाउन्डेसनका सचिवालय सदस्य डेगेन्द्र पाण्डे, मदन भण्डारी मेमोरियल कलेजका पूर्वशिक्षक घमराज र्लुइँटेल, घनश्याम कोइराला लगायत सहभागि थिए ।

प्रतिक्रिया दिनुहोस्