Logo
Logo

गगनलाई लक्षित गर्दै झलनाथले भने- चारपाटा मुडियोस् भन्ने विद्धान कहाँ छन् ?


9.1k
Shares

काठमाडौं नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले कांग्रेस महामन्त्री गगन थापालाई लक्षित गर्दै टिप्पणी गरेका छन् ।

नरबहादुर कार्माचार्य प्रतिष्ठानले सोमबार ललितपुरमा आयोजना गरेको ‘नेपालमा समाजवादः चुनौती र सम्भावना’ गोष्ठी कार्यक्रमलाई सम्बोधन गर्दै नेता खनालले अमेरिकी सेना नेपालमा आयो भने ‘चार पाटा मुडेर निकाल्नु’ भन्नेहरु कहाँ छन् ?’ भन्दै प्रश्न गरेका हुन् ।

प्रतिनिधिसभाबाट एमसीसी सम्झौता व्याख्यात्मक घोषणासहित पारित हुँदा थापाले ‘अमेरिकी सेना नेपालमा आएमा आफ्नो चार पाटा मुडियोस्, नागरिकता खोसियोस्, काठमाडौंको सांसद हुँ थानकोट कटाइयोस्’ भनेका थिए ।

थापाको त्यही भनाइलाई लक्षित गर्दै नेता खनालले भने, ‘एमसीसी पास भयो भने अमेरिकी सेनाले नेपालको पहाडमा परेड खेल्छन् भन्दा त्यस्तो कहाँ लेखेको छ भनेर कतिपयले भाषण गरे, कतिपयले मलाई चार पाटा मुडेर शहरबाट निकाल्नु भनेका थिए, आज चार पाटा मुडियोस् भन्ने विद्वान कहाँ छन् ?’

उनले यो विषय संसदमा पुगेर सोध्न बाँकी रहेको पनि बताए । उनले आफूहरुको सुझबुझका कारण एसपीपी रोकिएको दावी गरे ।

प्रतिक्रिया दिनुहोस्