Logo
Logo

होटल अशोकाबाट इन्जिनियर पक्राउ


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ३ साउन । रामनगर गाउँपालिका,सर्लाहीमा कार्यरत ईन्जिनियर रामजी बाबु यादव घुससहित पक्राउ परेका छन् ।

बजेटबाट विद्युत जडान गर्ने (विद्युतको पोल, तार, ट्रान्सफर्मर) कार्यको प्राविधिक मूल्याङ्कन सहितको कार्य सम्पन्न प्रतिवेदन तयार गरी भुक्तानी दिन सहज गराई दिए उनले घुस मागेका थिए । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवास, महोत्तरीबाट खटिई गएको टोलीले ५० हजार घुससहित मलंगवा नगरपालिका वडा नं.१०, अशोका होटलबाट पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्