Logo
Logo
साहित्य

मट्टीचरो



कुहिरोको काग जस्तो सरकार
म्यादी मन्त्रीहरूको आगमन–प्रत्यागमन
लुटतन्त्र रूपान्तरित गणतन्त्र
यसको भुमरीमा घुमिरहेको मुलुक
कोही समाजवादबाट आबाद गर्ने
कोही नयाँ युगमा मुलुक हुल्न हालीमुहाली खोज्ने
कोही जित्नको लागि हार्ने
कोही हार्नको लागि लाई जित्ने
यो विजय पराजयमा
लौन, हार्नसम्म हार्यो यो मुलुकले
बढ्दै गएको भुमरीको गतिमा
दुर्गति भोगिरहेको मुलुक
रिक्तताले भरिएका आँखाहरू
टोलाइरहेका छन् फगत शून्य हेरेर
निसास्सिएका छन् उकुसमुकुसभित्र
बन्दै गएको सिङ्गो ज्वालामुखी
जति पलायन हुन्छ नेपाली ज्यान
त्यति चलायमान शासक
त्यति चाप घट्छ ज्वालामुखीमा
अनि राप बढ्छ शासकहरूको
बढेको आम्दानीले भाषणको फुहारा छुट्छ
वर्षा यामको झरी जस्तो
यो यामको पानीले
बढेको किसानको खुसीले
चलेको छ जनजीविका
अनि त अझै मुलुक बाचेको छ
भाषणको फुहाराको दिग्भ्रमित निशामा
जुनकिरी बन्ने ढोँगीहरुको प्रतिस्पर्धा
समाजवादी यात्राको शिखर चढ्न
यो यात्रामा जति आहत हुन्छन् मरुभूमिमा
त्यति राहत पाएका छन् शासकले
यसरी नासिएको अखण्ड मुलुकमा
परेका चिराहरूको खण्ड खण्ड
यहाँ बरु भुईँचालो नजाला
भारतीय र तिब्बतेली टेक्टोनिक प्लेट टुटे पनि
तर ज्चालामुखि फुट्दै छ
भाटा होइन भाटा खाने छन्
स्वर्ण चरोबाट मट्टीचरो बन्ने छन्
यो कालखण्डका यी अपराधीहरू

प्रतिक्रिया दिनुहोस्