Logo
Logo

साढे १४ लाख घुस बोकेर काठमाडौं आउँदै गरेका तीन कर्मचारी भक्तपुरमा पक्राउ


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ४ साउन ।
घुस लिएर काठमाडौं आउँदै गरेका तीन कर्मचारी भक्तपुरमा पक्राउ परेका छन् । जलस्रोत तथा सिंचाई बिकास डिभिजन कार्यालय दोलखाका सिनियर डिभिजन ईन्जिनियर प्रकाश अधिकारीले बिभिन्न उपभोक्ता समितिहरु तथा अन्य कम्पनिहरूसंग घुस रकम लिई बा. १ झ ५२८० नम्बरको सरकारी गाडिमा मिति काठमाण्डौ आउँदै गरेको भन्ने सुचनाको आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग, टंगाल, काठमाण्डौबाट खटिई गएको टोलीले उनीसहित तीन जनालाई पक्राउ गरेको हो ।


शुक्रबार क्तपुर, जगाती भन्ने स्थानबाट नियन्त्रणमा लिईकानून बमोजिम खानतलासि गर्दाजलस्रोत तथा सिंचाई बिकास डिभिजन कार्यालय दोलखाका सिनियर डिभिजन ईन्जिनियर प्रकाश अधिकारीको साथबाट १३ लाख ३८ हजार पाँच सय तथा सोहि गाडिमा रहेका जलस्रोत तथा सिंचाई बिकास डिभिजन कार्यालय सिन्धुपाल्चोकका ईन्जिनियर भोगेन्द्र साहको साथबाट एक ालख २९ हजार एक सय पाँच रुपैयाँ भेला परेको हो । बा १ झ ५२८० नम्बरको टोयोटा हाईलक्स गाडी का चालक सुमन खड्कालाई समेत प्रहरीले पक्राउ गरी कारबाही अघि बढाएको छ ।
त्यस्तै गोलबजार नगरपालिका, सिरहाका सबइन्जिनियर उमा श्रेष्ठ पनि घुससहित पक्राउ परेकी छिन् । शौचालय निर्माणको भुक्तानी दिन सहज गराई दिए बापत सेवाग्राहीसँग ५० हजार घुस लिदै गर्दा उनी गोलबजार नगरपालिका वडा नं. ७ पुरानो चोहर्वा बसपार्क स्थित अशोक साहको होटलबाट पक्राउ परेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्