Logo
Logo

कुमारी बैंकको शाखारहित बैंकिङ सेवा विस्तार



काठमाडौं । कुमारी बैंक लिमिटेडले पश्चिम रुकुमका तीन स्थानबाट शाखारहित बैंकिङ सेवाको सुरुवात गरेको छ । उक्त शाखारहित सेवाको थालनीपश्चात् स्थानीय वासिन्दाहरुले रुकुमको मुसीकोट नगरपालिका–४ सोलाबाङ, त्रिवेणी गाउँपालिका–३ झुल्नेता र सानीभेरी गाउँपालिका–९ सिम्लीबाट विभिन्न बैंकिङ सेवाहरुको लाभ उठाउन सक्नेछन् ।

पाँच वर्षअघि जिल्ला सदरमुकाम मुसिकोट, खलंगामा शाखा विस्तार गरेर स्थानीयस्तरमा बैंकिङ सेवा दिइरहेको कुमारीले ग्राहकको सुविधालाई ध्यानमा राखी उल्लेखित स्थानमा फिनलिट नेपालको सहकार्यमा उक्त सेवा सञ्चालन गरेको जनाएको छ । सोलाबाङस्थित श्री बालकल्याण माध्यमिक विद्यालयको प्राङ्गणमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत राजीव गिरीले शाखारहित बैंकिङ सेवाको एक समारोहका बीच शुभारम्भ गरेका हुन् ।
बैंकले ८८ शाखाहरु, ८१ एटिएमहरु तथा २ एक्सटेन्सन् काउन्टरहरुबाट अत्याधुिनक प्रविधियुुक्त इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, भाइबर बैंकिङ, रेमिट्यान्स, सि–आस्वालगायतका विविध सेवाहरु दिँदै आएकामा बैंकले आगामी दिनहरुमा अझ प्रभावकारी सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्