Logo
Logo

नेकपाको ३२ विभागको टुंगो लाग्दै


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ५ साउन ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकतालाई पूर्णता दिन अन्तिम गृहकार्य भइरहेको छ । ३२ वटै केन्द्रीय विभागको नेतृत्व चयनका लागि प्रधानमन्त्री निवास बालुवाटारमा दिउसो १ बजे बोलाइएको सचिवालय बैठक बोलाइएको हो ।


३२ वटा विभाग मध्ये तत्कालिन एमालेका पक्षमा १८ र माओवादीको भागमा १४ विभाग छुट्टाइएको छ । अधिकाशं विभागको नेतृत्वमा सहमति जुटेपनि स्कुल विभागमा पूर्व माओवादीले दावी यथावत राखेको छ । महत्वपूर्ण विभाग मध्ये विदेश, संगठन, स्कुल र नीति तथा प्रतिष्ठान विभाग पूर्व एमालेको भागमा परेको थियो । आफ्नो भागमा परेको विभागमा पूर्व एमालेका नेताहरु बसेर सहमति जुटाउने प्रयासमा छन् । प्रधानमन्त्री एंव अध्यक्ष केपी शर्मा ओलीसहित बरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम, इश्वर पोखरेल र महासचिव बिष्णु पौडेलसहित बैठक राखेर बिभागको नेतृत्वमा सहमति जुटाएका छन् ।
बरिष्ठ नेता नेपालले बिदेश बिभाग, खनालले नीति तथा प्रतिष्ठान विभाग, सचिवालय सदस्य गौतमले संगठन बिभाग र उपप्रधानमन्त्रीसमेत रहेका सचिवालय सदस्य पोखरेलले पार्टी स्कुल विभाग प्रमुख हुने टुंगो लगाई सकेको छ ।
विभागको नेतृत्व चयनबारे आइतबार बिहान प्रचण्ड निवासमा पूर्व माओवादी नेताहरुको बैठक बसेको थियो ।

प्रतिक्रिया दिनुहोस्