काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान रेनुका नगरकोटी घाइते भएकी छिन् ।
प्रशिक्षणका दौरान सोमबार उनी घाइते भएकी हुन् । उनको बी एन्ड बी अस्पतालमा उपचार भइरहेको छ ।
एन्फाका अध्यक्ष पंकजबिक्रम नेम्बाङले रेनुकाको स्वास्थ्यलाभको कामना गरेका छन् । घाइते भएका कारण रेनुकाले २ महिनापछि नेपालमा हुने महिला साफ च्याम्पियनसिप गुमाउने सम्भावना बढेको छ ।
सन् २०१० देखि नेपाली राष्ट्रिय टिममा रहेकी रे एपिएफ महिला फुटबल टिमकी कप्तान समेत हुन् ।











