Logo
Logo

मादी हत्या प्रकरण : ४ जनालाई आजीवन कारावास


4.8k
Shares

संखुवासभा । जिल्ला अदालत संखुवासभाले मादी हत्या प्रकरणमा चार जनालाई आजीवन कारावासको फैसला सुनाएको छ ।

हत्या आरोपमा पक्राउ परेकामध्ये चार जनालाई आजीवन कारावास र जनही २ लाख क्षतिपुर्ति भराउने फैसला भएको हो ।

१७ वर्षीय किशोरलाई भने १६ वर्ष कारावासको सजाय भएकाे अदालतका श्रेस्तेदार केदारप्रसाद गौतमले जानकारी दिए ।

एकै परिवारका ६ जनाको हत्यामा संलग्न २८ वर्षीय लोकबहादुर कार्की, ४७ वर्षीय खड्गबहादुर कार्की, उनका छोरा २८ वर्षीय हस्तबहादुर कार्की, ४९ वर्षीय रणबहादुर कार्की र उनका छोरा १७ वर्षीय नरेश पक्राउ परेका थिए ।

प्रतिक्रिया दिनुहोस्