Logo
Logo

टी-२० क्रिकेट- इंग्ल्यान्डविरुद्ध भारतको सहज जित


1k
Shares

काठमाडौं । भारतले पहिलो टी-२० अन्तर्राष्ट्रिय खेलमा बिहीबार राति घरेलु टोली इंग्ल्यान्डलाई ५० रनले पराजित गरेको छ । जितसँगै तीन खेलको शृंखलामा भारतले १–० को अग्रता लिएको छ ।

जितका लागि १९९ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्ड १९ ओभर तीन बलमा सवै विकेट गुमाउँदै १४८ रनमा समेटियो । इंग्ल्यान्डका मोईन अलीले सर्वाधिक ३६ रन बनाए । ह्यारी ब्रुकले २८ र क्रिस जोर्डनले २६ रनको योगदान गरे ।

भारतका हार्दिक पान्ड्याले सर्वाधिक ४ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १९८ रन बनायो । भारतका हार्दिक पान्ड्याले सर्वाधिक ५१ रन बनाए ।

यस्तै, कप्तान रोहित शर्मा २४, दीपक हुडाले ३३ र सूर्य कुमार यादवले ३९ रनको योगदान गरे ।इंग्ल्यान्डका क्रिस जोर्डन र मोईन अलीले समान दुई विकेट लिए । अब, दोस्रो खेल शनिबार हुनेछ ।

प्रतिक्रिया दिनुहोस्